Tasks 3 to 6 happen in one flow, before the client has shared anything painful. Each has a script below and one precaution. Read them aloud until they stop sounding like a form.
कार्य ३ देखि ६ एकै प्रवाहमा हुन्छन्, सेवाग्राहीले कुनै पीडादायी कुरा भन्नुअघि नै। हरेकको स्क्रिप्ट र एउटा होसियारी तल छ। फारमजस्तो सुनिन छोड्दासम्म ठूलो स्वरले पढ्नुहोस्।
1 · Introducing yourself (task 3)१ · आफ्नो परिचय (कार्य ३)
"Namaste, please sit. I am [your name], a psychosocial counselor here. My work is to listen, to understand your situation with you, and to look together for what might help. I am not a doctor and I will not give medicines. Before we begin, how was the journey here? And how are you feeling right now?"
«नमस्ते, बस्नुहोस् है। म [तपाईंको नाम], यहाँको मनोसामाजिक परामर्शकर्ता। मेरो काम तपाईंको कुरा सुन्नु, तपाईंको अवस्था तपाईंसँगै बुझ्नु, र के गर्दा सजिलो होला भनेर सँगै खोज्नु हो। म डाक्टर होइन, औषधि दिन्नँ। सुरु गर्नुअघि, यहाँसम्म आउँदा कस्तो भयो? अनि अहिले कस्तो महसुस भइरहेको छ?»
Precaution: short, plain, no titles you have not earned. A moment of small talk lowers the pulse; a paragraph about your qualifications raises it.
होसियारी: छोटो, सरल, नकमाएको पदवी नजोड्ने। एक छिनको सामान्य कुराले मुटुको धड्कन घटाउँछ; आफ्नो योग्यताको लामो बयानले बढाउँछ।
2 · Confidentiality and its limits (task 4)२ · गोपनीयता र यसका सीमा (कार्य ४)
"What you tell me here stays between us. I will not tell your family, your school, or anyone else without your permission. There are a few situations where I would have to involve someone, and I want you to know them now: if I believe you are in serious danger of harming yourself, if someone else is in serious danger, if a child or a person who cannot protect themselves is being abused, or if a court orders it. Even then, wherever it is safe and lawful, I would tell you first, and share only what is needed to keep people safe. Is that all right with you?"
«यहाँ तपाईंले भनेका कुरा हामी दुईबीच रहन्छन्। तपाईंको अनुमतिविना म परिवार, विद्यालय वा अरू कसैलाई भन्दिनँ। केही अवस्था छन् जहाँ मैले कसैलाई सामेल गराउनैपर्छ, ती अहिल्यै भन्छु: तपाईंले आफैंलाई गम्भीर हानि गर्ने खतरा देखिए, अरू कसैलाई गम्भीर खतरा भए, कुनै बालबालिका वा आफूलाई जोगाउन नसक्ने व्यक्तिमाथि दुर्व्यवहार भइरहेको भए, वा अदालतले आदेश गरे। त्यस्तो बेला पनि, सुरक्षित र कानुनसम्मत भएसम्म, पहिले तपाईंलाई भन्छु, र मानिस सुरक्षित राख्न जति चाहिन्छ, त्यति मात्र बाँड्छु। तपाईंलाई यो ठीक लाग्छ?»
Precaution: say this before the client discloses anything, and never promise a secrecy you cannot legally keep. In Nepal anyone who learns of violence or sexual abuse against a child must inform the nearest police office, and the law protects the informant (Act Relating to Children, 2018, Section 68); which other disclosures are mandatory depends on the setting, so follow your agency's protocol and ask your supervisor when unsure. Write down that the limits were explained and agreed. page 30 covers consent for minors and low-literacy clients.
होसियारी: सेवाग्राहीले केही खोल्नुअघि नै यो भन्नुहोस्, र कानुनले नदिने गोप्यताको वाचा कहिल्यै नगर्नुहोस्। नेपालमा बालबालिकामाथि हिंसा वा यौन दुर्व्यवहार भएको थाहा पाउने जोसुकैले नजिकको प्रहरी कार्यालयलाई जानकारी दिनुपर्छ, र कानुनले सूचना दिनेलाई जोगाउँछ (बालबालिकासम्बन्धी ऐन, २०७५, दफा ६८); अरू कुन-कुन खुलासा अनिवार्य हुन् भन्ने कार्यस्थलअनुसार फरक पर्छ, त्यसैले आफ्नो संस्थाको प्रोटोकल पछ्याउनुहोस् र शङ्का लागे सुपरभाइजरलाई सोध्नुहोस्। सीमा बुझाइयो र सहमति भयो भनी लेखेर राख्नुहोस्। नाबालिग र कम-साक्षर सेवाग्राहीको सहमति पृष्ठ ३० मा छ।
3 · Asking what they hope for (task 5)३ · के आशा गरेर आउनुभयो (कार्य ५)
"What are you hoping will be different after we have met a few times? How would you know it is helping? If there are several things weighing on you, which one would you want to start with?"
«हामी केही पटक भेटेपछि के फरक भएको देख्न चाहनुहुन्छ? यसले सघाइरहेको छ भनेर तपाईंलाई कसरी थाहा हुन्छ? धेरै कुराले थिचेको छ भने, कुनबाट सुरु गरौं?»
Precaution: many clients arrive expecting advice, a quick fix, or a certificate. Do not promise a result; do gently say what counselling can and cannot do, and how soon change usually comes. Note the goals in their words, and any expectation you had to correct.
होसियारी: धेरै सेवाग्राही अर्ती, झट्टै समाधान, वा कागज पाइन्छ भन्ने आशामा आउँछन्। नतिजाको वाचा नगर्नुहोस्; परामर्शले के गर्न सक्छ, के सक्दैन, र परिवर्तन प्रायः कति समयमा आउँछ, नरम भाषामा भन्नुहोस्। लक्ष्य उनकै शब्दमा टिप्नुहोस्, र सच्याउनुपरेको अपेक्षा पनि।
4 · Explaining what counselling is (task 6)४ · परामर्श के हो बुझाउने (कार्य ६)
"Counselling is a conversation where we try to understand what is troubling you and find ways through it together. I will listen and ask questions; sometimes I will teach a skill, like a way to calm the body, and ask you to try it at home. Your part is to say what is true for you, even when it is hard. We will meet for about fifty minutes, once a week for now. Does that sound all right? Can you tell me in your own words what you understood?"
«परामर्श भनेको एउटा कुराकानी हो, जहाँ तपाईंलाई के कुराले सताइरहेको छ बुझ्ने र त्यसबाट निस्कने बाटो सँगै खोज्ने प्रयास गर्छौं। म सुन्छु र प्रश्न सोध्छु; कहिलेकाहीं कुनै सीप सिकाउँछु, जस्तै शरीर शान्त पार्ने तरिका, र घरमा अभ्यास गर्न भन्छु। तपाईंको काम आफूलाई साँचो लागेको कुरा भन्नु हो, गाह्रो भए पनि। हामी करिब पचास मिनेट, अहिलेलाई हप्ताको एक पटक भेट्छौं। ठीक लाग्यो? तपाईंले के बुझ्नुभयो, आफ्नै शब्दमा भन्नुहुन्छ?»
Precaution: the last question is the whole task. If the client cannot say it back, you explained it in your language, not theirs. Keep the consent form for what it is: a record of a conversation that already happened, not a substitute for it.
होसियारी: अन्तिम प्रश्न नै पूरै कार्य हो। सेवाग्राहीले फर्काएर भन्न सकेनन् भने तपाईंले आफ्नो भाषामा बुझाउनुभयो, उनको भाषामा होइन। सहमति-फारमलाई जे हो त्यही राख्नुहोस्: भइसकेको कुराकानीको अभिलेख, त्यसको सट्टा होइन।